काठमाडौं । एमएडब्ल्यू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले क्यू ०५ लाई आराम, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनसहित ‘अ क्लास अबभ’ अनुभव दिने एसयूभीका रूपमा प्रस्तुत गरेको हो ।
क्यू ०५ एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया तथा चांगान इन्टरनेसनल कर्पोरेसनका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक डु काइकियान (केभिन) लगायतको उपस्थिति थियो ।
कम्पनीले क्यू ०५ को म्याक्स भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यी विशेष मूल्य नाडा अटो शो अवधिभर मात्र लागू हुनेछन् ।
अटो शोपछि म्याक्स भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तथा अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।
दिपल निभो क्यू ०५ अन्तर्राष्ट्रिय बजारमा समेत उल्लेख्य बिक्री हासिल गरेको मोडल हो ।
कम्पनीका अनुसार सार्वजनिक भएको नौ महिनामै यसको सञ्चित बिक्री एक लाखभन्दा बढी पुगेको छ । चीनमा कम्प्याक्ट एसयूभी बिक्रीतर्फ पनि क्यू ०५ लगातार चार महिनासम्म अग्रस्थानमा रहेको कम्पनीको दाबी छ ।
अन्तर्राष्ट्रिय बजारमा प्राप्त सफलतासँगै नेपाल प्रवेश गरेको क्यू ०५ ले नेपाली ग्राहकलाई डिजाइन, प्रविधि, आराम र सुविधाको संयोजनसहित नयाँ स्तरको विद्युतीय एसयूभी अनुभव दिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया