काठमाडौं । पेटभित्र १५० ग्राम सुन लुकाएर नेपाल आएका बंगलादेशी नागरिकलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।
गत साउन ३१ गते बिहान साढे १० बजे दुबईबाट फ्लाइ दुबईको विमानबाट ३५ वर्षीय मोहम्मद रसेल हल्दार नेपाल आएका थिए ।
सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङबाट क्रस गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।
सोधपुछको क्रममा उनले आफूले १५० ग्रामको सुन लुकाई ल्याएको स्वीकार गरे । उनलाई काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरी निगरानी गरिएको थियो । तर उनलाई शौच गराउँदा समेत उक्त धातु ननिस्किएपछि ५ दिनसम्म अस्पतालकै निगरानीमा राखिएको थियो । तर शुक्रबार शौचको क्रममा उनको पेटमा भएको १५० ग्रामको क्याप्सुल आकारको २ थान सुनको डल्ला भेटिएको थियो ।
उनलाई विमानस्थलको भन्सार कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया