निशाको स्वर, टीकाको सङ्गीतमा ‘ए मैना सुनन’ सार्वजनिक

लोकपथ
7
Shares

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा बस्दै आएकी गीतकार यशोदा सापकोटा कार्कीको पहिलो तीज गीत ‘ए मैना सुनन’ सार्वजनिक भएको छ ।

नेपाली संस्कृति, परम्परा तथा आमा–छोरीबीचको आत्मीय सम्बन्धलाई विषयवस्तु बनाइएको गीत आगामी तीज पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको हो ।

‘ए मैना सुनन’ मा गायिका निशा कँडेलको स्वर, यशोदा सापकोटा कार्कीको शब्द र टीका दहालको संगीत रहेको छ। गीतलाई अल्मोडा रानाउप्रेतीले एरेन्ज गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ रङ्गीत बल्लभ उप्रेतीले गरेका हुन्।

गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा मोडल बिना राउतको शीर्ष अभिनय रहेको छ । पुनम श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा देवदोर्जे लामाको छायांकन, मणिक पाख्रिनको आर्ट डाइरेक्सन तथा प्रबिन भट्टको सम्पादन र कलर संयोजन रहेको छ ।

भिडियोमा तीजको सांस्कृतिक पक्षसँगै आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । तीजका अवसरमा नेपाली महिलाले माइती, परिवार तथा प्रियजनसँग साट्ने आत्मीय भावनालाई गीतमा समेटिएको निर्माण पक्षले जनाएको छ ।

नियरबाइ क्याटरिङ र नीका टेक्नोलोजीको संयुक्त लगानीमा निर्माण भएको भिडियो ‘नेपाल क्युब’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतकार कार्कीले विदेशमा रहेर पनि आफ्नो माटो, मौलिकता र पारिवारिक सम्बन्धसँग जोडिइरहने प्रवासी नेपालीको भावनालाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?