काठमाडौं । महिन्द्राले नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी ‘एक्सइभी नाइन एस’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ को पहिलो दिन मंगलबार यो गाडी नेपालमा सार्वजनिक गरिएको हो । कम्पनीले यसको सुरुवाती मूल्य ६० लाख रुपैयाँ तोकेको छ ।
एक्सइभी नाइन एसमा ५९, ७० र ७९ किलोवाट आवर क्षमताका ब्याट्री विकल्प छन् । पूर्ण चार्जमा यसले अधिकतम ६७९ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।
गाडीमा २ हजार ७६२ एमएमको ह्विलबेस र २०५ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसमा ५२७ लिटरको बुट स्पेस र अगाडि १५० लिटरको फ्रन्क दिइएको छ ।
गाडीले २२८ देखि २८२ हर्सपावरसम्म शक्ति र ३८० एनएम टर्क उत्पादन गर्छ । यसले ७ देखि ७.९ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसको अधिकतम गति २०२ किलोमिटर प्रतिघण्टा रहेको छ ।
एक्सइभी नाइन एसमा १७५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा छ ।
गाडीको भित्री भागमा ट्रिपल स्क्रिन ककपिट, प्रिमियम इन्टेरियर, १६ वटा स्पिकर भएको हर्मान कार्डन अडियो सिस्टम र पानोरामिक सनरुफ राखिएको छ ।
सुरक्षाका लागि ७ वटा एयरब्याग, लेभल–२ प्लस एडीएएस, ३६० डिग्री क्यामेरा र ड्राइभर मोनिटरिङ सिस्टमलगायत सुविधा दिइएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया