काठमाडौं । जापान पठाइदिन्छु भन्दै २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सोमबार बुटवलबाट एक युवकलाई पक्राउ गरेको छ । ११५ जनाबाट रकम उठाएर जापान नपठाएको भन्दै उजुरी परेपछि ती युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चांगाथली बस्ने २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन् । उनलाई वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले गेटस्वि एन्टरनेशनल प्रालि नामको कन्सल्टेन्सीमार्फत् १ सय १५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएको प्रहरीले जनाएको छ ।
बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया