वीरगन्ज । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ परेका छन्
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको विहार जिल्ला सितामढी थाना डुमराका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्साफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ का २५ वर्षीय राहुतकुमार गुप्ता छन् ।
प्रदेश २–०३–००३ प७२१५ र ना५७प५१८२ नम्बरको मोटरसाइकल खानतलासी गर्दा सो रकम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १००० दरका ४००५ थान, ५०० दरका २३५३, १०० दरका ६४३ र ५० दरका ८४ थान गरी ५२ लाख ५० हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया