एनएमबी बैंकले ल्यायो नयाँ ईभी कर्जाको विशेष योजना, बेस रेटमा ०.५ प्रतिशत थप ब्याजमा कर्जा दिने

लोकपथ
14
Shares

काठमाडौं । एनएमबी बैंकले नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्न चाहने ग्राहकका लागि विशेष कर्जा योजना ल्याएको छ ।

नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै बैंकले बेस रेटमा ०.५ प्रतिशत थप ब्याजदरबाट सुरु हुने गरी ईभी कर्जा उपलब्ध गराउने जनाएको छ ।

बैंकका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ । वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्जा योजना ल्याइएको बैंकले जनाएको छ ।

कर्जा लिन चाहने ग्राहकले नाइमा मोबिलिटी एक्स्पोमा रहेको बैंकको स्टल नम्बर ५ वा देशभरका एनएमबी बैंकका शाखामा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।

एनएमबी बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?