काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १२ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा भएको छ ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम १ को (ख) बमोजिम प्रहरी कर्मचारीहरुको सरुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।
सरुवा सूची अनुसार सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टिकापुर कैलालीमा कार्यरत एसएसपी नीरकृष्ण अधिकारीलाई सशस्त्र मुख्यालय मानवस्रोत विभागमा सरुवा गरिएको छ ।
यसैगरी एसएसपी रमेशकुमार पाण्डेलाई सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा सरुवा गरिएको छ । उनी हाल सशस्त्र प्रहरी बल, नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापामा कार्यरत रहेका थिए ।
त्यसो आजै सशस्त्रका ३३ जना एसपी र १० जना डीएसपीहरुको सरुवा गरिएको छ ।
सूची हेर्नुहोस् :




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया