काठमाडौं । लेखक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ ।
शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात सभाकक्षमा आयोजित विशेष कार्यक्रममा पुस्तकको औपचारिक लोकार्पण गरिएको हो ।
पुस्तकको संयुक्त रूपमा बुद्धविहार काठमाडौंका भिक्षु कोण्डन्य, पत्रकार तथा आख्यानकार बसन्त बस्नेत, संस्कृतिकर्मी नानी हेरा शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन पाण्डे तथा कवि रुपक अलंकारले लोकार्पण गरेका हुन् ।
कार्यक्रममा वक्ताहरूले ‘तेजस्’ले काठमाडौंको बौद्ध इतिहास, संस्कृति र समाजको जीवन्त चित्र प्रस्तुत गरेको धारणा राखे । भिक्षु कोण्डन्यले राणा शासनकालमा बौद्ध भिक्षुहरूमाथि भएको दमन तथा बुद्धको जन्मभूमिमा बौद्ध समुदायले भोगेका पीडालाई पुस्तकले प्रभावकारी ढंगले चित्रण गरेको बताए ।
पत्रकार तथा आख्यानकार बसन्त बस्नेतले ‘तेजस्’लाई काठमाडौंको भूगोल र बौद्ध इतिहास बुझ्न सहयोग गर्ने ‘टुर गाइड’को संज्ञा दिँदै यसलाई इतिहास र आख्यानको सुन्दर संयोजन भएको बताए ।
शिखा बुक्सद्वारा प्रकाशित ‘तेजस्’को मूल्य ७२५ रुपैयाँ निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया