शेयर बजारमा आज पनि गिरावट, करोबार रकम पनि घट्यो

लोकपथ
14
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाली शेयर बजार मापक नेप्से परिसुचकमा सामान्य अंकको गिरावट आएको छ ।

आज बजार ४ दशमलव ६४ अंकले गिरावट आउँदा बजार बिन्दु २ हजार ६ सय ९६ मा आइपुगेको छ ।

त्यसो त सोमबार पनि शेयर बजारमा गिरावट आएको थियो । हिजो शेयर बजारमा ३३ दशमलव २८ प्रतिशतले गिरावट आएको हो ।

आज एक करोड ४ लाख २१ हजार ८ सय ६३ कित्ता शेयर ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५ सय ४२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कारोबारमा आएकामध्ये ९८ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १६६ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने १३ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

नेप्सेका अनुसार आज कारोबारमा आएकामध्ये एभरेष्ट कलर लिमिटेड, लक्ष्मी उन्नती कोष, गरिमा समृद्धि योजना, यम्बलिङ हाइड्रोपावर लिमिटेड लगायतका कम्पनीका लगानीकर्ताहरु टप गेनर्स अर्थात् धेरै कमाउनेको सूचीमा छन् ।

यताम कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, सिद्धार्थ इक्वेटी फण्ड, मेगा म्यूचुअल फण्ड–१ लगायत कम्पनीका लगानीकर्ताहरु टप लुजर्स अर्थात् धेरै गुमाउनेमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?