एक वर्षमा नेपालमा ४८ अर्ब रुपैयाँभन्दा बढीका स्मार्टफोन आयात

लोकपथ
0
Shares

काठमाडौं । नेपालले एक वर्षमा ४८ अर्ब रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात गरेको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२र८३ मा ४८ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरका २२ लाख ६७ हजारभन्दा बढी स्मार्टफोन नेपाल भित्रिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८१र८२ को तुलनामा स्मार्टफोन आयात १३ अर्ब १४ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष ३५ अर्ब ५४ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका थिए ।

स्मार्टफोन आयातबाट सरकारले गत आर्थिक वर्षमा ९ अर्ब ८ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। अघिल्लो वर्ष यस्तो राजस्व ६ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार स्मार्टफोन आयात र त्यसबाट प्राप्त हुने राजस्व दुवै करिब ३७ प्रतिशतले बढेको छ ।

नेपालमा डिजिटल सेवा, अनलाइन भुक्तानी, सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढ्दै गएपछि स्मार्टफोनको माग पनि बढिरहेको देखिन्छ। तर, स्मार्टफोनका लागि नेपाल अझै आयातमै निर्भर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?