नेपाली कांग्रेस र बीपी कांग्रेसबिच एकताका लागि संवाद

लोकपथ
546
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेपाली कांग्रेस बीपीबिच एकताको प्रयासस्वरुप संवाद अघि बढेको छ । आज दुवै पक्षका प्रतिनिधिहरुबिच आज बृहत छलफल भएको हो ।

नेपाली कांग्रेसले केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको नेतृत्वमा अन्य राजनीतिक दलसँग संवादका लागि संवाद समिति नै गठन गरेको थियो ।

आज नेता केसीसहित बीपी कांग्रेसका प्रतिनिधिहरुबिच पार्टी एकताका लागि संवाद गरेको हो ।

आजको बैठकमा नेपाली कांग्रेसको तर्फबाट अन्य राजनीतिक दल संवाद समिति संयोजक अर्जुन नरसिंह केसीसहित सदस्यहरु उज्जलप्रसाद बराल, प्रदीप राज शर्मा र नेपाली कांग्रेस बीपीको तर्फबाट सभापति सुशील मान शेरचन तथा नेताहरु झलकनाथ वाग्ले र अशोक खड्का उपस्थित रहेका थिए ।

०८२ साल फागुन १७ गते नेपाली कांग्रेस र नेपाली कांग्रेस बीपीबिच एकताका लागि संवाद अघि बढाउने सहमति भएको थियो ।

गत वैशाख २ गते संवाद समितिको जिम्मेवारी पाएका नेता केसीले बीपी कांग्रेससहित नेपाली कांग्रेसमा जोडिन चाहनेहरुसँग संवाद गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?