काठमाडौं । नेपालमा दिपल ब्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी दिपल निभो क्यू०५ चाँडै सार्वजनिक हुने भएको छ । नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले यो नयाँ मोडल ल्याउने तयारी गरेको हो ।
कम्पनीका अनुसार क्यू०५ आकर्षक डिजाइन, फराकिलो भित्री ठाउँ, आधुनिक प्रविधि र आरामदायी यात्रालाई ध्यानमा राखेर तयार गरिएको एसयूभी हो ।
यसको डिजाइन विश्वप्रसिद्ध अटोमोबाइल डिजाइनर क्लाउस जाइसिओराको नेतृत्वमा तयार गरिएको हो । यसले सन् २०२६ को प्रतिष्ठित गोल्ड ए डिजाइन अवार्ड पनि जितेको छ ।
यो एसयूभीमा २,७३५ एमएमको ह्विलबेस भएकाले यात्रु बस्न पर्याप्त ठाउँ र सामान राख्न राम्रो लगेज स्पेस उपलब्ध हुने कम्पनीको दाबी छ । सहरी सडकमा सहज रूपमा चलाउन मिल्ने आकारमा यसलाई डिजाइन गरिएको छ ।
क्यू०५ मा आधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि प्रयोग गरिएको छ । चीनमा गरिएको परीक्षणका क्रममा यसले बरफले ढाकिएको सडकमा पनि सफल प्रदर्शन गरेको थियो । यसमा सिएटिएलको ब्याट्री र फास्ट चार्जिङ सुविधा पनि उपलब्ध रहेको बताइएको छ ।
कम्पनीका अनुसार क्यू०५ चीनमा निकै लोकप्रिय बनेको कम्प्याक्ट एसयूभी हो । सन् २०२६ को जुन महिनासम्म चीनमा यसको ७६ हजारभन्दा बढी युनिट बिक्री भइसकेको छ ।
नेपालमा आउने क्यू०५ को भेरियन्ट, फिचर, स्पेसिफिकेसन र मूल्य भने आधिकारिक रूपमा सार्वजनिक हुने कार्यक्रममा घोषणा गरिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया