इनड्राइभले ६ नेपाली ‘कन्टेन्ट क्रिएटर’ लाई आर्थिक सहयोग गर्ने

लोकपथ
7
Shares

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली कन्टेन्ट क्रिएटरलाई प्रोत्साहन गर्न ‘क्रिएटर्स भेटघाट’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी ६० भन्दा बढी क्रिएटरमध्ये उत्कृष्ट ६ वटा कन्टेन्ट आइडिया छनोट गरी आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।

कार्यक्रममा इनड्राइभले ‘ड्रिम इट. डु इट. नामको नयाँ क्रिएटर फेलोशिप पनि सुरु गरेको छ । यस कार्यक्रममार्फत क्रिएटरहरूले लामो समयदेखि बनाउन चाहेका कन्टेन्टलाई वास्तविकता बनाउन सहयोग पाउनेछन् ।

सहभागीहरूले आफूले बनाउन चाहेको ‘ड्रिम कन्टेन्ट’को योजना प्रस्तुत गरेका थिए । तीमध्ये उत्कृष्ट ६ आइडिया छनोट गरिएको हो ।

कार्यक्रममा ब्रान्डसँग सहकार्य गर्दा ध्यान दिनुपर्ने विषय, सम्झौता, उचित पारिश्रमिक, बौद्धिक सम्पत्तिको अधिकार र सम्भावित जोखिमबारे पनि जानकारी दिइएको थियो । साथै, सहभागीलाई समूहमा विभाजन गरेर पोटरी, चित्रकला र हस्तकलासम्बन्धी सिर्जनात्मक गतिविधिमा सहभागी गराइएको थियो ।

इनड्राइभका अनुसार छनोट भएका क्रिएटरहरूले आफ्नो कन्टेन्ट बनाउन आर्थिक सहयोग पाउनेछन् । उनीहरूले आफ्नै शैलीमा स्वतन्त्र रूपमा कन्टेन्ट निर्माण गर्न सक्नेछन् ।

इनड्राइभले नेपाली युवाको सिर्जनशीलता र व्यावसायिक विकासमा सहयोग गर्ने उद्देश्यले यो पहल अघि बढाएको जनाएको छ ।

छनोट भएका क्रिएटरहरूको नाम इनड्राइभ नेपालको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ भने उनीहरूले तयार गरेका कन्टेन्ट आगामी महिनाहरूमा सार्वजनिक गरिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?