नयाँ आर्थिक वर्षलाई शेयर बजारको स्वागत, ७९ अंकको वृद्धि हुँदा साढे ४ अर्ब बढीको कारोबार

लोकपथ
7
Shares

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३–०८४ को पहिलो दिन शुक्रबार शेयर बजार मापक नेप्सेमा भारी वृद्धि भएको छ ।

केही समयदेखि शिथिल बनेको शेयर बजार साताको अन्तिम कारोबार दिन र नयाँ आवको शुरु दिन दोहोरो अंकले वृद्धि भएको हो ।

नेप्सेका अनुसार शेयर बजार अघिल्लो कारोबार दिनको तुलनामा ३ प्रतिशत अर्थात् ७९ दशमलव ७४ अंकले उकालो लागेको हो । आज बजार बिन्दु २ हजार ६ सय ७७ पुगेको नेप्सेले जनाएको छ ।

आज १ करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७ सय २३ रुपैयाँ बराबरको कारोबार भएको हो ।

यसअघि शेयर बजार थोरै अंकले वृद्धि हुँदा पनि ठूलो रकम कारोबार हुने गरेकोमा ७९ बिन्दुमा शेयर बजार बढ्दा पनि कारोबार भने कम देखिएको हो ।

नेप्सेका अनुसार आज २५९ कम्पनीको शेयर मूल्य वृद्धि, १३ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा २ वटा मात्रै कम्पनीको शेयर मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

आज कारोबारमा आएकामध्ये श्रीनगर आर्गिटिच इन्डस्ट्रिज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, रिग्ड लाइन इनर्जी, मिड सोलु हाइड्रोपावर लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् ।

यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि., आरबीबी फोकस ४० लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

शेयर बजार निरन्तर घटेपछि लगानीकर्तहरुले विरोध समेत जनाएका थिए । केही दिनदेखि सानो अंकमा बढेको शेयर बजार आज उच्च अंकमा वृद्धि हुँदा लगानीकर्ताहरुमा आशा पलाएको विश्लेषण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?