पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, बुटवल जाने सवारी बेलबगरमै रोकिए

लोकपथ
21
Shares
फाइल तस्बिर

बागलुङ । पहिरो खसेपछि कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि जैमिनी नगरपालिका–८ बेलबगरस्थित सडकमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो ।

पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । बुटवलतर्फ जाने तथा आउने सवारीसाधनहरू बेलबगरमै रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको छ ।

सडक अवरुद्ध भएपछि बागलुङको दक्षिणी क्षेत्रका बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । सडक सञ्चालनका लागि पहिरो पन्छाउने काम चाँडै अघि बढाइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?