काठमाडौं । अहिले संसदको बर्खे अधिवेशन चलिरहेको छ ।
जनताका प्रतिनिधिहरुले आवाज संसदमा उठाइरहँदा माग सुनुवाई नभएको गुनासो आइरहेका बेला जनताका गुनासो थप सुन्न झण्डै दुई साता संसद बैठक स्थगित गरिएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले आगामी साउन १४ गतेसम्मका लागि संसद बैठक स्थगित भएको जानकारी गराए ।
जनताबाट समस्या सदनसम्म र सदनबाट समाधान सरकारसम्म पुर्याउने सेतुका रुपमा रहेको संसदमा जनताका कुराहरु सुनाउने उदेश्यसहित बैठक स्थगित गरिएको सभामुखले जानकारी गराए ।
‘माननीय सदस्यहरू मार्फत सङ्कलित जनताका विषयहरू पुनः सदनमा प्रवेश गर्नेछन्, संसदको आवाज बन्नेछन् र सरकारको जवाफदेहिताको विषय बन्नेछ । जनताबाट संसदसम्म समस्या र संसदबाट सरकारसम्म समाधानको माग पुगेर जनताका आवाजको समाधान हुनु नै प्रतिनिधिमूलक लोकतन्त्रको शक्ति हो भन्ने महशुस गरेको छु,’ सभामुख अर्यालले भने, ‘साथै, सरकारले आगामी आर्थिक वर्षलाई ‘कानून निर्माण तथा सुधार वर्ष’ घोषणा गरेको छ। प्रचलित कानूनको पुनरावलोकन, संशोधन, एकीकरण तथा आवश्यक नयाँ कानून निर्माणको यस अभियानमा संसदको महत्वपूर्ण भूमिका हुने भएका कारण आगामी बैठकहरूमा माननीय सदस्यहरूको भूमिका सक्रिय रहनेछ भन्ने विश्वास लिएको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया