काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रबन्धकको समेत जिम्मेवारीमा रहने गरी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
‘नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षमा श्री महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धक र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने,’ उनले भने ।
यसैगरी अनुचित लेनदेन तथा मिटरब्याजसम्बन्धी यसअघिको सरकारले बनाएको प्रतिवेदन गृहमन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय समेत आजको मन्त्रिपरिषद् बैठकले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया