रविलाई प्रश्न– ‘मिडिया हाउसअघि गाडी राख्ने रास्वपा कार्यकर्तालाई के गर्नुहुन्छ ?’

लोकपथ
91
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सञ्चारमाध्यमको गेटअघि गाडी राख्नेहरुमाथि कारबाही हुने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा केही बेर बसेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले सो प्रतिबद्धता जनाएका हुन् ।

रास्वपा नेता कार्यकर्ता त्यसमा मुछिएका रहेछन् भने पनि कारबाही हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा रविले भने, ‘किन हुँदैन ? त्यस्तो पनि प्रश्न होर ? रास्वपा त्यो पार्टी हो जसले ७२ घण्टाभित्र आफ्नो सांसदलाई कारबाही गरेको । रास्वपालाई यो प्रश्न सोध्नुहुन्छ ? किन नहुनु जो भए पनि हुन्छ ।’

यसैगरी उनले आफूहरुले सोमबार नै विज्ञप्ति जारी गरेर त्यसबारे प्रतिक्रिया जनाएको र त्यसमा आफूहरु प्रतिबद्ध रहेको बताए ।

यता केही मन्त्रीहरुले अझै कालो सिसावाला गाडी लिएर हिँड्ने गरेको तर कारबाही नभएको भन्दै प्रश्न गरे । त्यसमा सभापति लामिछानेले जो भए पनि कारबाही हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?