काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचकमा झिनो अंकको सुधार देखिएको छ ।
सोमबार दोहोरो अंकको गिरावट आइ २६ सय बिन्दुबाट झरेको शेयर बजारमा आज केही सुधारको संकेत देखिएको हो ।
नेप्सेका अनुसार आज समग्र शेयर बजारमा ६ दशमलव ११ अंकले वृद्धि भइ बजार बिन्दु २ हजार ५ सय ७६ पुगेको छ ।
आज कुल १ करोड ८२ लाख ९३ हजार ५ सय ९६ कित्ता शेयर कारोबार भएको छ । आज कारोबार रकम भने ८ अर्ब बढी रहेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आज कुल ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४ सय २५ रुपैयाँ बराबर कारोबार भएको हो । आज कारोबारमा आएकामध्ये १६४ कम्पनीका शेयर मूल्य वृद्धि, १०१ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा १० वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
कारोबारमा आएकामध्ये ९ प्रतिशत कामना सेवा विकासबैंक लिमिटेडको डिबेन्चर, सांग्रिला डेभलवमेन्ट विकास डिबेन्चर, उपकार लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । यसैगरी सामुदायिक लघुवित्त वित्तीय संस्था, ७ प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।
लामो समयदेखि शेयर बजारमा गिरावट आएपछि शेयर लगानीकर्ताहरुले आज नेप्सेको कार्यालय घेराउ गरेका थिए । बलियो सरकार हुँदा समेत शेयर बजारमा निरन्तर गिरावट आएको भन्दै लगानीकर्ताहरुले विरोध गरेकै दिन शेयर बजारमा झिनो सुधार देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया