राष्ट्रिय वाणिज्य बैंक र कर्णाली प्रदेश अस्पतालबीच तलबी बचत खाता तथा सरल कर्जा सम्झौता

लोकपथ
21
Shares

सुर्खेत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको प्रदेश अस्पताल, वीरेन्द्रनगर–सुर्खेतबीच कर्मचारीका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।

असार २९ गते सम्पन्न सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले प्रदेश अस्पतालका कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा उपलब्ध गराउनेछ । यससँगै कर्मचारीहरूले सहुलियत दरमा बैंकका अन्य बैंकिङ सेवा तथा सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार उक्त सम्झौताले प्रदेश अस्पतालका कर्मचारीलाई सहज र सुलभ बैंकिङ सेवा उपलब्ध गराउनुका साथै आवश्यकताअनुसार सरल कर्जा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक २०२२ साल माघ १० गते स्थापना भएको हो । हाल बैंकले सातै प्रदेशका ७७ वटै जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसमेत समेट्ने गरी ३१६ शाखा कार्यालयमार्फत कर्जा, निक्षेप, एटिएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?