काठमाडौं । नेपाली कांग्रेसकी सांसद मनमाया विकले गृहमन्त्री सुधन गुरुङलाई आफ्नो संवैधानिक जिम्मेवारी बुझ्न एकपटक संविधान र विपद् व्यवस्थापनसम्बन्धी कानुन अध्ययन गर्न आग्रह गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विकले विपद् व्यवस्थापनको जिम्मेवारीबाट पन्छिन स्थानीय र प्रदेश सरकारलाई देखाउन नमिल्ने बताइन् ।
उनले विपद् न्यूनीकरण तथा व्यवस्थापनमा संघीय सरकारले समन्वय र नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।
‘गृहमन्त्रीज्यू आफ्नो जिम्मेवारी निर्वाह गर्नुको सट्टा संसद्मा आएर ‘तीन तहको सरकार कहाँ छ ?’ भनेर प्रश्न गर्नुहुन्छ,‘उनले भनिन्, ‘म गृहमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । एकपटक संविधान, विपद् न्यूनीकरणसम्बन्धी कानुन र आफ्नो जिम्मेवारी पढ्नुस् ।’
सांसद विकले सरकारले विपद् न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी कहाँ पुगेको छ भन्ने प्रश्नसमेत उठाइन् ।
यसअघि असार २६ गतेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री गुरुङले मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाबारे जवाफ दिने क्रममा स्थानीय र प्रदेश सरकार कसको छ ?’भन्दै प्रश्न उठाएका थिए। सोही अभिव्यक्तिलाई लिएर सांसद विकले संसद्मा आपत्ति जनाएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया