दोहोरो अंकले घट्यो शेयर बजार, ७ अर्ब बढीको कारोबार

लोकपथ
35
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचकमा ३० दशमलव ६० अंकको गिरावट आइ बजार बिन्दु २ हजार ५ सय ७० दशमलव १८ बिन्दुमा आइपुगेको छ ।

पछिल्ला दिनहरुमा शेयर बजारमा आएको गिरावटपछि बजार बिन्दु २५ सयमा झरेको हो । १ दशमलव १७ प्रतिशतले बजार घट्दा ७ अर्ब भन्दा बढीको कारोबार भएको छ । नेप्सेका अनुसार ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार १ सय १६ रुपैयाँ बराबरको कारोबार भएको हो । आज कुल ४ करोड १७ लाख २५ लाख ३ सय २३ कित्ता शेयर कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये २२ वटा मात्रै कम्पनीका शेयर मूल्य बढेका छन् भने २४९ कम्पनीको शेयर मूल्य गिरावट आउँदा ४ वटाको शेयर मूल्य स्थिर रहेको छ ।

बजार दोहोरो अंकले घट्दा पनि आज सामुदायिक लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, ८.५ प्रतिशत प्रभु बैंक डिभेन्चर लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । यसैगरी उपकार लघुवित्त वित्तीय संस्था, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, दिव्यस्वरी हाइड्रोपावर लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

नयाँ र बलियो सरकार गठन भएपनि शेयर बजार भने लयमा फर्किन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?