एकैदिनमा २८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

लोकपथ
154
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

आइतबार ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?