काठमाडौं । आत्मदाहका कारण मृत्यु भएका मुगुका गणेश नेपालीको परिवार र सरकार पक्षबिच ९ बुँदे सहमति भएको छ ।
लामो छलफलपछि गणेशका परिवार दुई पक्षबिच सहमति भएको हो ।
जसमा उक्त घटनाबारे छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने र उक्त समितिलाई ७ दिनको समय दिइ प्रतिवेदन बुझाउनुपर्नेछ ।
गणेशलाई शहीद घोषणा गर्नेबारे छलफल गर्ने र गणेशको मोटरसाइकलमा ह्वील लक गर्ने काठमाडौं महानगरका नगर प्रहरीलाई निलम्बनका लागि सिफारिस गर्नेसम्मका सहमति भएको छ ।
यसैगरी मृतक गणेशकी श्रीमतीलाई रोजगारी सुनिश्चित गर्ने र छोरीलाई निशुल्क पढाउने व्यवस्था मिलाउने लगायतका सहमति भएको सहमति पत्रमा उल्लेख छ ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा गणेशले आत्मदाहको प्रयास गरेका थिए । शुक्रबार वीर अस्पतालमा उपचारको क्रममा गणेशको मृत्यु भएको थियो ।
सरकारसँग सहमति नजुट्दा गणेशको परिवारले शव समेत बुझेको थिएन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया