सुनको मूल्य बढ्दा चाँदी भने घट्यो, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
35
Shares


काठमाडौं
। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

अघिल्लो साताको अन्तिम कारोबारको दिन २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो ।

शुक्रबार ४ हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?