बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको उपचारकै क्रममा निधन

लोकपथ
1.2k
Shares

काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ ।

राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रहरीका अनुसार राउतले आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै प्रहरी टोलीले उनको उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो ।

गम्भीर रूपमा जलेका राउतको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको प्रहरीले छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?