धनुषा । धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार सरकारी गाडी र बिरामी बोकेको एम्बुलेन्स एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् ।
घाइते हुनेमा एम्बुलेन्स चालक मिथिला नगरपालिका–१ का ४९ वर्षीय दीपेन्द्रकुमार महतो, गौशाला नगरपालिका–५ का ४५ वर्षीय बसन्तकुमार सिंह, ४० वर्षीया रेणुकुमारी महतो, ६० वर्षीया राजु देवी र ६५ वर्षीय लक्ष्मी महतो रहेका छन् । राजु देवी पहिलेदेखि पक्षघातको उपचार गराइरहेकी बिरामी रहेको जनाइएको छ ।
यस्तै, सरकारी गाडीमा सवार चालक धनुषाधाम नगरपालिका–८ का ५० वर्षीय बद्री भुजेल, धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल तथा ७० वर्षीय भीमराज भुजेल पनि घाइते भएका छन् ।
दुर्घटना आज बिहान करिब ६ः२० बजे धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा भएको हो ।
प्रहरीका अनुसार बडहरीबाट बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको ना २ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी एकआपसमा ठोक्किएका हुन् ।
घाइते सबैको जनकपुरस्थित जानकी मेडिकल कलेज, रमदैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया