जुम्ला । कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार अविरल वर्षापछि गगनेखोलामा ठूलो पहिरो जाँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन बिहान ३ बजेदेखि नै डोजरसहित सफाइ कार्य भइरहेको छ । यसका लागि सडक डिभिजन कार्यालय सुर्खेतसँग आवश्यक समन्वयसमेत भइरहेको कार्यालयले जनाएको छ ।
सडक अवरुद्ध भएपछि राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । सडक खुलाउने प्रयास जारी रहे पनि कहिलेसम्म सञ्चालनमा आउने भन्ने यकिन भइसकेको छैन ।
यसैबीच, सडक डिभिजन कार्यालयले वर्षायाममा यात्रा गर्दा विशेष सावधानी अपनाउन, मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा सकेसम्म रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया