काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य आज भने वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार ७०० रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १७० रुपैयाँले बढेको हो ।
बिहीबार ४ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १७० रुपैयाँले बढेर ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया