काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले भक्तपुर जिल्ला शाखालाई लामो समयदेखि बाँकी रहेको बक्यौता रकम बुझाउन निर्देशन दिएको छ ।
केन्द्रीय कार्यालयले भक्तपुर शाखाको नाममा रहेको ४५ लाख ७१ हजार ८२० रुपैयाँ २१ पैसा रकम २१ दिनभित्र बुझाउन पत्र पठाएको हो ।
महामन्त्री ऋषिरमण खनालले हस्ताक्षर गरेको पत्रमा सन् २०१५ देखि हालसम्मको रकम भुक्तानी हुन बाँकी रहेको उल्लेख गरिएको छ ।
विभिन्न निकायबाट भएका अध्ययन, छानबिन, समाज कल्याण परिषद्को निर्णय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशनका आधारमा रकम असुलीका लागि पत्र पठाइएको रेडक्रसले जनाएको छ ।
रेडक्रसले तोकिएको समयभित्र रकम नबुझाए कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । रकम जम्मा गरेपछि त्यसको प्रमाण पनि केन्द्रीय कार्यालयमा बुझाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया