त्रिवि सुधारका लागि स्ववियुले बुझायो २१ बुँदे सुझावपत्र

लोकपथ
21
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा भोला थापालाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालय सुधार, स्वायत्तता र विद्यार्थी हितसँग सम्बन्धित २१ बुँदे मागपत्र बुझाएको छ ।

बिहीबार स्ववियु अध्यक्ष दीपक जोशीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उपकुलपति कार्यालय पुगेर २१ बुँदे सुझाव तथा मागपत्र हस्तान्तरण गरेको हो ।

स्ववियुले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक सुधार, शैक्षिक स्वायत्तताको संरक्षण, समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन, विद्यार्थीमैत्री नीतिको कार्यान्वयनलगायत विषयलाई प्राथमिकतामा राख्दै सुझाव दिएको जनाएको छ ।

प्रतिनिधिमण्डलले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी पारदर्शी, उत्तरदायी र विद्यार्थी केन्द्रित ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

स्ववियुले उपकुलपति थापाले विश्वविद्यालयको समग्र सुधारका लागि आवश्यक पहल गर्ने विश्वास व्यक्त गर्दै मागपत्रमा उल्लेख गरिएका विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?