लगातार दोस्रो दिन पनि ओरालो लाग्यो शेयर बजार, नेप्से १९.६७ अंकले घट्यो

लोकपथ
14
Shares

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ। बिहीबार नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१ अंकमा पुगेको छ । अघिल्लो दिन पनि बजार ३० अंकले घटेको थियो ।

आज ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। अघिल्लो दिन ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज ४२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने २२९ वटा कम्पनीको मूल्य घट्यो। ६ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो । बैंक, विकास बैंक, जलविद्युत्, बीमा, होटल, उत्पादन, व्यापारलगायत सबै समूहका सूचक घटेका छन् ।

सबैभन्दा धेरै उपकार लघुवित्तको सेयर मूल्य १२.६८ प्रतिशत र स्नो रिभर्सको ११.७६ प्रतिशतले बढ्यो । यस्तै, सालपा विकास बैंकको सेयर मूल्य ८।२८ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ७.९२ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्सको ५.७६ प्रतिशतले घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?