काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
विशेष अदालतले बुधबार उक्त म्याद थप गर्ने आदेश दिएको हो ।
पौडेललाई गत साउन ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । त्यसपछि अनुसन्धानका लागि अदालतले पटक–पटक म्याद थप गर्दै आएको छ । यसअघि ७ दिन, त्यसपछि ३ दिन र पुनः ६ दिनको म्याद थपिएको थियो ।
यता, पौडेलकी पत्नीले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट भने अदालतले खारेज गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया