काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।
यस नीतिले निजी क्षेत्रमा जाने कर्जा ११ प्रतिशतले बढाउने र मुद्रास्फीति ५.५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिएको छ ।
गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीतिको अहिलेको लचिलो नीति आगामी वर्ष पनि निरन्तर रहने बताए ।
उनका अनुसार बैंक तथा वित्तीय संस्थालाई आवश्यकताअनुसार शाखा खोल्न र समायोजन गर्न सहज व्यवस्था गरिएको छ ।
मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च घटाउन आवश्यक व्यवस्था गर्ने पनि उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया