मौद्रिक नीतिको समीक्षाअघि नेप्सेमा सुधार, २४.५७ अंकले बढ्यो बजार

लोकपथ
7
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ ।

आज नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार बजार २६ अंकले घटेको थियो ।

आजको कारोबारमा २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबार रकम पनि उत्साहजनक देखिएको छ । दिनभर ९५ लाख १९ हजार कित्ता सेयर ७२ हजार २२ पटक किनबेच हुँदा कुल ४ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएको छ ।

आजको कारोबारमा कंलगा हाइड्रो, आरबीबी फोकस फन्ड, सनिगाड हाइड्रो, उपकार लघुवित्त र मन्दाकिनी हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन् ।

समूहगत सूचकतर्फ १३ वटै उपसूचक हरियालीमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?