कांग्रेसले क्रियाशील सदस्यताकाे लागि फेरि थप्याे समय

लोकपथ
525
Shares

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने मिति फेरि थप गरेको छ ।

महामन्त्री प्रदीप पौडेलले नयाँ क्रियाशील सदस्यता वितरणको समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

‘कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको छ,’ उनले भने ।

यसअघि कांग्रेसले नयाँ सदस्यता असार २० सम्म तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?