मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
शनिबार हेटौँडामा दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले बजेटको पक्षमा एकमत भएर मतदान गर्ने निर्णय गर्दै ह्विप जारी गरेको हो । बैठकमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे आमन्त्रित सदस्यका रूपमा सहभागी भएका थिए ।
बागमती प्रदेश सरकारको बजेट नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको समन्वयमा तयार गरी प्रदेशसभामा प्रस्तुत गरिएको हो ।
बजेट निर्माण प्रक्रियालाई सहजीकरण गर्न यसअघि दुवै दलका संसदीय दलले नेपाली कांग्रेसका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा बजेट निर्माण सहजीकरण कार्यदल समेत गठन गरेका थिए ।
कांग्रेसले जारी गरेको ह्विपसँगै प्रदेशसभामा बजेट पारित गर्ने प्रक्रियामा सत्ता गठबन्धन थप एकजुट देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया