काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बसेको छ ।
संस्थापन इतर शेरबहादुर देउवा समूहका प्रमुख नेता पूर्णबहादुर खड्का निवास गोल्फुटारमा बैठक बसेको हो ।
कांग्रेसका पूर्व कार्यवाहक सभापतिसमेत रहेका खड्काले आफू निकटका नेताहरुलाई छलफलका लागि बोलाएका थिए ।
आजको छलफलमा पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधि र विजय गच्छदार, पूर्व महामन्त्रीहरू कृष्ण सिटौला, डा. शशांक कोइराला र प्रकाशमान सिंह रहेका छन् ।
यसैगरी पूर्वसहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली सभापति ललितजंग शाही, नेताहरू मीन विश्वकर्मा, एनपी साउद, डा. प्रकाशशरण महत, रमेश लेखक, कृष्णप्रसाद पौडेल, आनन्दप्रसाद ढुंगाना, मोहन बस्नेतलगायतका नेताहरु सहभागि रहेका छन् ।
तर संस्थापन इतर समूहका अर्का महत्वपूर्ण नेता डा. शेखर कोइराला भने अनुपस्थित रहेका छन् ।
संस्थापन इतर समूहरुका नेताहरुबिच छुट्टाछुट्टै भेटघाट भइरहेका छन् । बिहीबार मात्रै डा. शेखर कोइराला र पूर्णबहादुरबिच भेटघाट भएको थियो । पूर्णबहादुरलाई भेट्न शेखर गोल्फुटार पुगेका थिए । त्यस लगत्तै बिहीबार नै पूर्णबहादुरले शेखरलाई समेत भेटेका थिए ।
७ वटै प्रदेशमा भेला गरिसकेको इतर समूहले राष्ट्रिय भेला गर्ने तयारी गरेको समेत बुझिएको छ । सोही विषयमा छलफलका लागि बैठक बसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया