काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।
शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ बैंकले उक्त डिजिटल बोर्ड प्रदान गरेको हो । यस सहयोगबाट विश्वविद्यालयको शिक्षण तथा सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ ।
डिजिटल बोर्ड हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु बिष्ट, मार्केटिङ म्यानेजर सबिन राणा तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्राध्यापक भवानी शंकर आचार्य, डा. सुनिता भण्डारीलगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रभु बैंकले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया