कूलपूजाका लागि श्रीमती र छोराबुहारीसहित जाँदै थिए, बाटैमा लडेर घरमुलीको मृत्यु

लोकपथ
231
Shares

काठमाडौं । कुलपूजाका लागि अछाम जाँदै गरेका एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । 

सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित कोल्टेभिरबाट खस्दा पञ्चपुरी नगरपालिका–९ कुलिबाड निवासी ५५ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको हो । 

उनी श्रीमती धौली सुनार, छोरा कमल र बुहारी टिकुलासहित आइतबार दिउँसो कुलदेवताको पूजा गर्न परिवारसहित अछामको तुर्माखाँद गाउँपालिका–४ जुएतर्फ पैदल जाँदै थिए । त्यसैक्रममा  चिप्लिएर भीरबाट करिब ३०० मिटर तल खस्दा उनको मृत्यु भएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?