एकैदिन ४७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो

लोकपथ
399
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको हो ।

अघिल्लो साताको अन्तिम कारोबारको दिन अर्थात् शुक्रबार २ लाख ७९ हजार १ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १४५ रुपैयाँले बढेको हो ।

शुक्रबार ४ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?