काठमाडौं । इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ बजेट-फ्रेंडली स्मार्टफोन Infinix SMART 20 सार्वजनिक गरेको छ।
AI-आधारित सञ्चार सुविधा, आकर्षक डिजाइन, लामो ब्याट्री ब्याकअप र भरपर्दो कार्यसम्पादनसहितको यो फोन दैनिक प्रयोगका लागि उत्कृष्ट विकल्पका रूपमा प्रयोग हुनसक्ने कम्पनीको दाबी रहेको छ ।
यो स्मार्टफोन नेपालभरका आधिकारिक विक्रेता तथा स्मार्टफोन बिक्री केन्द्रहरूमा दुईवटा भेरियन्टमा उपलब्ध हुनेछन् ।
जसमा ४ जिबी प्लस ६४ जिबी मेमोरी क्षमता रहनेछ, जसको मूल्य १९ हजार ९ सय ९९ रहेको छ । यसैगरी अर्को भेरियन्टमा ४ जिबी प्लस १२८ जिबी मेमोरी क्षमता रहनेछ भने यसको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ रहनेछ ।
यस्ता छन् विशेषताहरु :
- उत्कृष्ट डिस्प्ले र डिजाइन: फोनमा ६.७८ इन्चको Punch-Hole Display र १२०Hz Refresh Rate छ, जसले स्क्रोलिङ र भिडियो हेर्ने अनुभवलाई निकै स्मूथ बनाउँछ। यो फोन ७.७ मिमि अल्ट्रा-स्लिम डिजाइनमा उपलब्ध छ।
- शक्तिशाली कार्यसम्पादन: यसमा MediaTek Helio G81 Ultimate प्रोसेसर प्रयोग गरिएको छ। साथै, ४८ महिनासम्मको Fluency Certification का कारण यो फोन लामो समयसम्म बिना कुनै ढिलाइ (Lag) सहज रूपमा चल्छ।
- AI र विशेष कल सुविधाहरू: clear कुराकानीका लागि यसमा Pure Voice Call प्रविधि छ, जसले वरपरको होहल्लालाई कम गर्छ। नेटवर्क नभएको ठाउँमा पनि १ किलोमिटरसम्म कल र म्यासेज गर्न यसमा UltraLink Free Call को सुविधा दिइएको छ। यसका साथै AI Writing र Folax 5.0 AI Assistant जस्ता स्मार्ट सुविधाहरू पनि समावेश छन्।
- मजबुत ब्याट्री र सुरक्षा: दिनभर ढुक्कसँग चलाउन यसमा ५२००mAh को शक्तिशाली ब्याट्री छ। फोनलाई सुरक्षित राख्न IP64 वाटर एन्ड डस्ट रेजिस्टेन्स र १.५ मिटरसम्मको ड्रप रेजिस्टेन्स (खस्दा नजोगिने सुरक्षा) दिइएको छ।
किफायती मूल्यमा प्रविधिको आधुनिक अनुभव लिन चाहने नेपाली ग्राहकका लागि इन्फिनिक्स SMART 20 एक बलियो र भरपर्दो विकल्प बन्ने कम्पनीको दाबी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया