सुरक्षाकर्मीको झोला सम्बन्धी फोटो विवादमा सविना काफ्लेको स्पष्टिकरण, भनिन्– ‘मेरो ब्याग बोकेका होइनन्’

लोकपथ
105
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले सुरक्षाकर्मीले झोला बोकेको देखिएको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा उठेको विवादबारे स्पष्टिकरण दिएकी छन् ।

चितवनबाट काठमाडौं फर्कने क्रममा खिचिएको उक्त तस्बिरका आधारमा केही मिडिया र प्रयोगकर्ताले सुरक्षाकर्मीले उनको व्यक्तिगत झोला बोकेको भन्दै आलोचना गरेका थिए ।

काफ्लेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उक्त झोला आफ्नो नभई सुरक्षाकर्मीको आफ्नै व्यक्तिगत झोला भएको स्पष्ट पारेकी छन् । तस्बिरका आधारमा गलत धारणा बनाएर आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको उनको भनाइ छ ।

उनले केही सञ्चारमाध्यमले तथ्य जाँच नगरी समाचार प्रकाशित गरेकोमा असन्तुष्टि जनाउँदै यस्ता कार्यले व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने बताएकी छन् ।

काफ्लेले नयाँ राजनीतिक पात्र र उनीहरूका परिवारलाई पुराना नेतासँग तुलना गरी नकारात्मक कथा निर्माण गर्ने प्रवृत्तिप्रति पनि आपत्ति जनाएकी छन् ।

उनले पत्रकारितामा सत्य र तथ्यमा आधारित रिपोर्टिङ हुनुपर्नेमा जोड दिँदै गलत बुझाइका आधारमा समाचार नबनाउन आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?