काठमाडौं । अभिनेता जितु नेपाल मुख्य भूमिकामा रहेको चलचित्र कार्की साइँला को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले बुधबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।
यसअघि साउन १ गतेबाट प्रदर्शन गर्ने तयारी गरिए पनि वितरकसँगको आपसी छलफलपछि प्रदर्शन मिति असोज २ गतेका लागि सारिएको निर्माण पक्षले जनाएको छ ।
सार्वजनिक गरिएको पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य लाई प्रस्तुत गरिएको छ । चलचित्रले एक भरियाको जीवन संघर्ष, दुःख–सुख र यात्राको कथा प्रस्तुत गर्ने बताइएको छ ।
राजेन्द्र बस्नेत को निर्देशनमा बनेको चलचित्रमा जितु नेपाल र प्रियना आचार्यसँगै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मान्सी शर्मा, मनिल तामाङ र रेणुका आचार्य लगायत कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन् । निर्माण टिमका अनुसार चलचित्रले ग्रामीण परिवेश र श्रमिक वर्गको जीवन यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया