काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्र अहिले चलिरहेको छ । नयाँ नेतृत्व चयनका लागि तेस्रो पटक कार्यतालिका संशोधन गरी नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।
जसअनुसार आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गरिएको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
आजै साँझ ७ बजेबाट साढे ७ बजेसम्म सभापति पदको फारम वितरण गरिनेछ भने केन्द्रीय सदस्यका लागि साढे ७ बजेबाट साढे ९ बजेसम्म फारम वितरण गरिनेछ ।
अन्य प्रक्रिया पूरा गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ११ः४५ मा गरिने आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली सार्वजनिकपछि मौनअवधि समेत सुरु हुनेछ ।
त्यसो त रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि (बुधबार) मात्रै मतदान हुनेछ । यद्यपि मतदान कतिबजेबाट हुने भन्ने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया