सुधनको सचिवालयले भन्यो- ‘गृहमन्त्रीमाथि आक्रमण भएको हल्ला भ्रामक हो’

लोकपथ
182
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ माथि आक्रमण भएको भन्ने समाचार भ्रामकभएको जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलाइएका आक्रमणसम्बन्धी हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो ।

सचिवालयका अनुसार गृहमन्त्री गुरुङ सुरक्षित रहेका छन् र उनीमाथि कुनै किसिमको आक्रमण नभएको बताइएको छ । साथै, आधारहीन तथा अपुष्ट समाचारप्रति विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

यसअघि सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङमाथि आक्रमण भएको भन्दै विभिन्न पोस्ट तथा दाबीहरू सार्वजनिक भएका थिए ।

सचिवालयले यस्ता भ्रामक सूचना फैलाउने कार्यप्रति सचेत रहन आग्रह गर्दै आधिकारिक स्रोतबाट प्राप्त जानकारीमात्र विश्वास गर्न अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?