विश्वकपमा मेक्सिकोको लगातार दोस्रो जित, समूह चरणमा उत्कृष्ट प्रदर्शन

लोकपथ
77
Shares

काठमाडौं । विश्वकप फुटबलको समूह चरणमा मेक्सिकोले लगातार दोस्रो जित दर्ता गर्दै आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ ।

समूह ‘ए’ अन्तर्गत दक्षिण कोरियाविरुद्ध भएको खेलमा मेक्सिकोले १-० को कठिन जित निकाल्यो । यससँगै मेक्सिकोले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको हो ।

यसअघि पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको थियो । लगातार दुई जितपछि मेक्सिकोले ६ अंक जोड्दै समूहमा आफ्नो स्थिति बलियो बनाएको छ ।

आजै समूह ‘ए’ अन्तर्गत भएको अर्को खेलमा चेकिया र दक्षिण अफ्रिकाबीचको प्रतिस्पर्धा बराबरीमा सकिएको थियो ।

यता समूह ‘बी’ मा क्यानडाले कतारमाथि ६-० को ऐतिहासिक जित दर्ता गर्दै सशक्त प्रदर्शन गर्यो। सोही समूहको अर्को खेलमा स्विट्जरल्याण्डले बोस्निया–हर्जगोभिनालाई ४-१ ले पराजित गरेको थियो ।

समूह चरणका खेलहरू जारी रहँदा विभिन्न टोलीहरू नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?