राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि, राजनीतिक घटनाक्रम र आन्तरिक विषयमा छलफल हुने

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

बैठकमा पार्टीका आन्तरिक संगठनात्मक विषयका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुने जनाइएको छ।

पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक अवस्थाबारे नेताहरूबीच विचारविमर्श हुने बताइएको छ ।

राप्रपामा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि महामन्त्री पदमा रहेका धवलशमशेर राणाले पार्टी परित्याग गरेका थिए । उनले हाल दुर्गा प्रसाईं सँग राजनीतिक एकता घोषणा गरिसकेका छन् ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक दुई दिनसम्म सञ्चालन हुनेछ । यसअघि बिहीबार राप्रपाको कार्यसम्पादन समिति बैठक बसेर केन्द्रीय समिति बैठकका एजेन्डाबारे तयारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?