काठमाडौं । केही दिनअघि ठेकेदारको खुट्टा भाँचिदिनू भन्ने अभिव्यक्ति विवादमा परेपछि भौतिक पूर्वाधारमन्त्रीले स्पष्टीकरण दिएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै स्पष्टीकरण दिए ।
उनले आफूहरुले कुनै पनि निर्माण व्यवसायीलाई हतोत्साहित गर्न नखोजेको भन्दै घुमाउरो भाषामा स्पष्टीकरण दिएका हुन् ।
‘पोलको विषयमा म आफैँ विवादमा आएको थिएँ । हामीलाई कुनै पनि कन्ट्र्याक रद्ध गर्न मन छैन । कन्ट्र्याक रद्ध गर्नु भनेको कुनै पनि निर्माण व्यवसायीलाई यति ठूलो धक्का हुन्छ नि, त्यो निर्माण व्यवसायी धरासायीस्थितिमा पुग्छ । हामीले उहाँहरुसँग पोसिबलिटी वान प्रसेन्ट छ भने पनि पुस चाँही गर्नुपर्छ । त्यो पछि उहाँहरु मन्त्रालयमा नै आएर हामी ६ महिनामा नै काम सकाउँछौँ भनेर लिखित कमिटमेन्ट गरेर जानुभयो । यो समस्या देशैभरी छ । हामीले कुनै पनि निर्माण व्यवसायीलाई हतोत्साहित गर्न खोज्या होइन,’ उनले भने ।
यसैगरी मन्त्री लम्सालले भौतिक पूर्वाधारको क्षेत्रमा कम बजेट परेको विषयमा समेत स्पष्ट पारेका छन् । उनले अहिलेको बजेट एक वर्षे योजनाका लागि मात्र नभएको बताउँदै बहुवर्षका लागि आफूहरु काम गर्नेगरी अघि बढेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया